७ असार २०८३, आइतबार

आईपीएलमा आज गुजरात र कोलकोता भिड्दै

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज एक खेल हुँदैछ । आज गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदैछ ।

अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुँदैछ । जारी आईपीएलमा कोलकोता नाइट राइडर्स प्लेअफका लागि छनौट भइसकेको छ । कोलकोताले १२ खेलमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

त्यसैगरी, गुजरात टाइटन्सले भने अहिलेसम्म १२ खेलमा ५ खेल मात्र जितेको छ । र अंक तालिकामा १० अंकसहित आठौँ स्थानमा रहेको छ । गुजरातका लागि अब बाँकी खेल जितेमा मात्र प्लेअफमा स्थान बनाउने सम्भावना रहने हुनाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर, रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठूलो हुने देखिएको छ ।

गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।

त्यसैगरी, कोलकोता श्रेयस अय्यरको कप्तानीमा आईपीएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आईपीएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् ।

त्यस्तै, उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुन सक्छन् । त्यस्तै, फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ ।

कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौँ स्थानमा आएको थियो ।