
काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व चयन गर्दा योग्य, सक्षम चयन गर्नुपर्ने बताउनु भएको छ ।
आज एमाले काठमाडौं महानगरपालिका कमिटीको दोस्रो अधिवेशन अन्तर्गतको बन्द सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले विषयका जानकार, योग्यता कृषि, व्यवसाय, रोजगारी, स्वरोजगारी, सामाजिक सुरक्षाकाबारेमा जानेकाहरूलाई पार्टी कमिटीमा ल्याउनु पर्ने बताउनुभएको हो ।
त्यसो भएमात्रै पार्टी कमिटी प्रभावकारी हुने र यसले परिणाम दिन सक्ने उहाँको भनाइ छ ।
उहाँले नेताहरूको समिक्षा गर्न, अर्को अधिवेशन सम्मको लागि योजना बनाउन र विधानअनुसार योग्य महानगरको नेतृत्व चयन गर्न निर्देशन पनि दिनुभयो ।
अधिवेशनलाई परिणामुखी बनाउने हो भने महानगर कमिटी बनेदेखि गरेको कामको समिक्षा गर्नूपर्नेमा उहाँले जोड दिनुभयो । काठमाडौं महानगरपालिका कमिटीको दोस्रो अधिवेशनको हिजो अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।









प्रतिक्रिया