८ श्रावण २०८३, शुक्रबार

मधेशमा एमालेको नेतृत्वमा सरकार बनाउने सहमति

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० बैशाख । मधेश प्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ । सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल भएको हो ।

एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठूलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच सहमति भएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९/९ सिट रहेको छ । चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।