
बुटवल, ३० बैशाख । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।
प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गर्नुभएको हो ।
दुवै जना बाँके-२ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । जसपा नेपालका लुम्बिनीमा ३ सांसद हुनुहुन्थ्यो । २ जना जसपामा लागेसँगै अब जसपा नेपालका एक सांसद रहनु भएको छ ।








प्रतिक्रिया