
विराटनगर, ३० बैशाख। नेकपा (एकीकृत समाजवादी) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
मुख्यमन्त्री विरुद्धको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको पार्टीको निष्कर्ष छ ।








प्रतिक्रिया