१८ असार २०८३, बिहिबार

आईपीएलमा आज दुई खेल हुँदै, प्लेअफमा पुग्न चेन्नईलाई जित्नैपर्ने दबाब

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । इन्डियन प्रिमियर लिगअन्तर्गत आज दुई खेल हुँदै छन् ।

आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ र यो खेलमा हार बेहोरेमा प्लेअफको यात्रा कठिन हुने देखिएको छ ।

त्यसैगरी, राजस्थान रोयल्सको भने ११ खेलमा १६ अंक रहेको छ र दोस्रो स्थानमा छ ।

त्यस्तै, आज दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच हुनेछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।

दुवै टिमका लागि प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । हाल बैंगलुरुको १२ खेलमा १० अंक रहेको छ भने दिल्लीको १२ खेलमा १२ अंक रहेको छ ।