
काठमाडौं, ३० वैशाख । इङ्लिश प्रिमियर लिगबाट यस सिजनमा रेलिगेसनमा पर्ने तीन क्लबको टुंगो लागेको छ ।
यस सिजनमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेसनमा परेका छन् । लिगमा अब एकएक खेल खेल्न बाँकी रहेका यी तीनै क्लबको रेलिगेसनमा पर्ने टुंगो लागेको हो ।
शनिबार राति सम्पन्न खेलमा लुटन टाउन वेस्टह्याम युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । ३७ खेलमा लुटन टाउनको २६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।
त्यस्तै, शनिबार राति नै सम्पन्न खेलमा बर्नली टोटनह्यामसँग २-१ गोल अन्तरले पराजित भएसँगै रेलिगेसनमा पर्ने निश्चित भएको हो ।
बर्नलीको ३७ खेलमा २४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।
त्यस्तै, ३७ खेलमा १६ अंक रहेको शेफिल्ड युनाइटेड भने यस अघि नै रेलिगेसनमा परेको थियो ।
त्यसैगरी, आउँदो सिजनका लागि लेस्टर सिटी प्रिमियर लिगमा फर्किने निश्चित भएको छ भने आइपीएस टाउनले पनि आउँदो सिजनका लागि प्रिमियर लिगमा आफ्नो स्थान पक्का गरेको छ ।
त्यस्तै, प्रिमियर लिगमा आउने तेस्रो टिम भने प्लेअफको खेलबाट टुंगो लाग्ने छ । प्लेअफमा लिड्स युनाइटेड, साउथहम्पटन, वेस्ट ब्रोमविच र नोर्विच सिटी खेल्ने छन् ।










प्रतिक्रिया