
काठमाडौं, ३० वैशाख । कोलकोता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा छनौट भएको छ ।
गएराति सम्पन्न खेलमा कोलकोताले मुम्बई इन्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । कोलकोताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो ।
वर्षाले प्रभावित भएपछि १६/१६ ओभर खेलाइएको खेलमा कोलकोताले दिएको १५८ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
यो जितपछि कोलकोताको १२ खेलमा १८ अंक भएको छ र प्लेअफमा छनौट भएको छ ।
त्यसैगरी, मुम्बई इन्डियन्सको भने यो नवौँ हार हो । १३ खेलमा ८ अंक रहेको मुम्बई नवौँ स्थानमा रहेको छ र मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।








प्रतिक्रिया