
काठमाडौं, २९ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताउनु भएको छ ।
नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज काठमाडौंमा शुभारम्भ गर्नुहुँदै अध्यक्ष ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने ? भनी प्रश्न गर्नुभयो ।
देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा उहाँले जोड दिनुभयो । भेलालाई एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, र रघुजी पन्त, केन्द्रीय सदस्य विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिनुभयो ।








प्रतिक्रिया