१८ असार २०८३, बिहिबार

स्पेनिस ला लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोनाले अंक बाँडेको छ ।

२ पटक अग्रता लिएर पनि जोगाउन असफल हुँदा जिरोनाल अंक बाँड्न पुगेको हो । शुक्रबार राति भएको खेलमा जिरोना र एलाभेसले २–२ जिरोनाले एरिक गार्सियाको गोलमा चौथो मिनेटमै अग्रता लिएको थियो । भिक्टर त्सिहानकोवको पासमा उनले गोल गरेका थिए । तर, एलाभेसले १२ औं मिनेटमै बराबरी गोल फर्काएको थियो । उसका लागि जोन गुरेडीले ग्युलिनो सिमोनको पासमा बराबरी गोल गरेका थिए ।

४४ औं मिनेटमा एन्जेल हेरेराले गोल गर्दै पहिलो हाफमा २–१ को अग्रता दिलाए । जित नजिक रहेको जिरोना दोस्रो हाफको इन्ज्योरी समयको पनि अन्तिममा गोल खान पुग्यो । नवौं मिनेटमा जोन गुरेडीले नै व्यक्तिगत दोस्रो गोल गर्दा एलाभेसले २–२ गोलको बराबरी खेल्दै एक अंक लिन सफल भयो ।

जिरोना ला लिगाको तालिकामा ७५ अंकका साथ दोस्रो स्थानमा छ भने एलाभेस ४२ अंकका साथ ११ औं स्थानमा छ । ला लिगाको उपाधि भने रियल मड्रिडले जितिसकेको छ ।