
काठमाडौं, २९ वैशाख । नेकपा (एमाले)की सचेतक सुनिता बरालले संसदको हिउँदे अधिवेशनमा आफ्नो सक्रियताको नालीबेलीसहितको विवरण सार्वजनिक गर्नुभएको छ ।
सांसद बरालले संसदको दोस्रो वर्षको हिउँदे अधिवेशनमा आफूले उठाएको सार्वजनिक सरोकारका मुद्दा, संसदीय समितिमा उठाइएको विषय र सार्वजनिक कार्यक्रममा भएको सहभागितालाई समेटर आफ्नो सक्रियता सार्वजनिक गर्नुभएको हो ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता डा. शेखर कोइराला, डा. शशांक कोइरालालगायतका शीर्ष नेताहरू रहनुभएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सम्बन्ध समितिकी सदस्यसमेत रहनुभएकी सचेतक बरालले आफ्नो सदन सक्रियता सार्वजनिक गर्नुभएको हो ।
‘सांसदको भूमिकामा मेरो प्रथम वर्षलाई मैले लामो समय विद्यार्थी आन्दोलन र विकासका विभिन्न अवयवको प्रत्यक्ष साक्षीको अनुभवलाई नीति निर्माणको व्यवहारिक तहमा कार्यान्वयन गर्ने र सिक्ने अवसरका रूपमा उपयोग गरेकी थिएँ र त्यसैको निरन्तरतालाई थप मजबुत बनाउन दोस्रो वर्षलाई उपयोग गर्ने संकल्प लिएकी छु ।’ सांसद बरालले भन्नुभएको छ ।
बरालले सरसरती कार्यक्रमहरूको मात्रै विवरण नदिएर आफूले सदनमा बोलेको सम्बोधनको पूरा पाठ नै सार्वजनिक गर्नुभएको हो ।









प्रतिक्रिया