मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

संसद बैठकमा जे देखियो (तस्वीरहरू)

दैनिक नेपाल २०८१ वैशाख २८ गते २१:४१

काठमाडौं, २८ वैशाख । कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभा बैठक अवरोध भएको छ।

आजबाट सुरु भएको बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन्।

सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उनले बोलेलगत्तै नाराबाजीमा उत्रिएका हुन्। त्यसपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित