१ असार २०८३, सोमबार

सत्ता समीकरण बिग्रन नदिन एमालेले पहल गर्छ : राजन भट्टराई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २८ बैशाख । नेकपा (एमाले) स्थायी कमिटि सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले नेकपा एमालेका कारण यो सत्ता समीकरण नबिग्रने बताउनु भएको छ ।

नेकपा एमाले गजुरी गाउँपालिका कमिटीको दोस्रो गाउँ अधिबेशनलाई सम्बोधन गर्नुहुँदै स्थायी कमिटि सदस्य भट्टराईले सत्ता समीकरण बिग्रन नदिनको लागि एमालले पहल गर्दै राष्ट्रिय समस्याको रुपमा रहेको ओरालो गतिको अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन पहल गर्ने बताउनु भएको हो ।

हाल चौतर्फी रुपमा भष्ट्राचार बढेकोलेले यसलाई रोक्नको लागी सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस अघिको निर्वाचन हार्नुमा गठबन्धन मात्र नभईकन पार्टी कार्यकर्ताको पनि दोस भएकोले यसलाई सुधार गरेर अघि बढ्न उहाँले कार्यकर्ताहरुलाई आह्वान गर्नु भयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकोटा र जानुका सिम्खडा, एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कडेल लगायतले शुभकामना प्रकट गर्नु भएको थियो ।