मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

समीकरण फेरिएपछि झड्का लागेर काँग्रेसले नचाहिँदो कुरा उठायो : योगेश भट्टराई

दैनिक नेपाल २०८१ वैशाख २८ गते २१:१६

काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले फागुन २१ गते सत्ता समीकरण फेरिएपछि झड्का लागेर नचाहिँदो कुरा उठाएको बताउनुभएको छ ।

आज संसद् भवन परिसरमा सञ्चारककर्मीहरुसँग कुरा गर्दै सचिव भट्टराईले कांग्रेसले उत्तेजना देखाएर संसद् बैठक अवरोध गरेको बताउनुभएको हो । संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई नै फाइदा नहुने उहाँको भनाइ छ ।

उहाँले काँग्रेसलाई पुर्नविचार गर्न आग्रह गर्नुहुँदै नभए सरकारसँग अनेक विकल्प रहेको र सकेसम्म सरकार त्यो बाटो जान नचाहेको स्पष्ट पार्नुभयो ।

सचिव भट्टराईले शेरबहादुर देउवाले २० प्रतिशतको प्रावधान राखेर एमालेलाई विभाजन गर्ने अध्यादेश ल्याएको स्मरण समेत गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित