मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने

दैनिक नेपाल २०८१ वैशाख २८ गते २०:४५

विराटनगर, २८ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने गरी शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो ।

प्रदेश सभाको अधिवेशन सोही प्रयोजन र बजेट छलफलका लागि आह्वान भइसकेको छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसक्नुभएको छ ।

यस्तै, उहाँले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसक्नुभएको छ ।

अर्कोतर्फ उहाँको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गर्नुभएको छ । रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ ।

यस्तै, पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित