२४ जेष्ठ २०८३, आइतबार

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ बैशाख । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै यो विषय संबैधानिक व्याख्याको विषय भएकाले पूर्ण सुनुवाईबाट टुंगोलाग्ने भन्दै अन्तरिम आदेश दिन आवश्यक नरहेको बताएको छ ।

कार्कीले दायर गरेको रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको थियो ।