२६ जेष्ठ २०८३, मंगलबार

संसद बैठक १५ मिनेटका लागि स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ बैशाख । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

बैठक शुरु भएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद चलन नदिने घोषणा गरेको थियो ।

कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेससहितका विपक्षी सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।