मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैन : कांग्रेस

दैनिक नेपाल २०८१ वैशाख २८ गते १६:२८

काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको बैठक शुरु भएपछि सभामुखले आफ्नो धारणा राखेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सांसदका प्रश्न निमोठिने तयारी गरेको देख्दा अचम्म लागेको टिप्पणी गर्नुभएको छ । उहाँले संसदीय समिति गठन नगरेसम्म संसदको कुनैपनि कारवाही अगाडी बढाउन नदिने घोषणा गर्नुभएको छ ।

संसदमा बोल्दै महामन्त्री थापाले सहकारीको ठगीका सम्बन्धमा संसदले छानबिन समिति बनाओस् भन्ने आफुहरुको एक मात्र विषय भएको बताउनुभयो । उहाँले किन डराएको भन्दै कहिले प्रहरी महानिरीक्षकलाई बोल्न लगाएको भन्दै महान्यायाधिवक्तालाई दुरुपयोग गरिएको आरोप लगाउनुभयो ।

महामन्त्री थापाले प्रधानमन्त्रीले गृहमन्त्रीलाई क्लिन चिट दिएर संसदमा झुट बोलेको आरोप लगाउदै रवि लामिछानेले माग फारम भरेर ऋण लिएको प्रमाण रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित