मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

काँग्रेसले छुद्र राजनीति गर्‍यो : केपी ओली

दैनिक नेपाल २०८१ वैशाख २८ गते १४:५९

काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको बचाउ गर्नुभएको छ ।

शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रवि लामिछानेको बचाउ गर्नुभएको हो । अध्यक्ष ओलीले लामिछानेको विरुद्धमा कहिँ कतै उजुरी नभएको भन्दै कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन । नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन । हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ रु भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ ।’

 

प्रतिक्रिया
सम्बन्धित