सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने

दैनिक नेपाल २०८१ वैशाख २८ गते ११:४१

कैलाली, २८ वैशाख । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएको छ ।

भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएको हो । यही वैशाख ३१ गते भारतको उत्तर प्रदेशको खिरी जिल्लामा लोकसभा निर्वाचन हुँदैछ ।

खिरीमा मतदान सम्पन्न नहुन्जेलसम्म सीमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित