४ श्रावण २०८३, सोमबार

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुँयालको इजलासमा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ ।

कार्कीले दायर गर्नुभएको रिट न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा पेशी तोकिएको छ ।

प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आह्वान गरेर बिहीबारदाबी पेश गर्नुभएका एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिसमेत गरिसक्नुभएको छ ।