सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

एमालेबाट निर्वाचित जनप्रतिनिधि अरूभन्दा अव्वल प्रमाणित हुनुपर्छ : यामलाल कँडेल

दैनिक नेपाल २०८१ वैशाख २७ गते २१:०७

सुर्खेत, २७ बैशाख । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कर्णालीका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेबाट निर्वाचित जनप्रतिनिधि अरूभन्दा अव्वल प्रमाणित हुनुपर्ने बताउनु भएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूका लागि कर्णाली प्रदेशस्तरिय प्रशिक्षण शिविरको आज समापन कार्यक्रमलाई संवोधन गर्नुहुँदै स्थायी कमिटी सदस्य कँडेलले कम्युनिष्ट पार्टीले जितेपछि राम्रो काम गर्छ भन्ने सन्देश जनताबीच जानू पर्ने र एक पटक जितेपछि सधै जितिरहने वातावरण बनाउनुपर्नेमा जोडदिनु भएको हो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफनो योग्यता र क्षमता बढाएर सिँगो पार्टी कमिटीलाई संगसगै लैजानुपर्ने उहाँको भनाइ छ ।

देशको व्यवस्था र अवस्था बदल्न सक्ने एक मात्र पार्टी एमाले मात्रै भएको उल्लेख गर्दै उहाँले जनप्रतिनिधि भनेको जनताको सेवक भएकोले जनताको विश्वास जित्न सक्ने गरि काम गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित