७ असार २०८३, आइतबार

जलेश्वरका प्रमुख, उपप्रमुखसहित १२ जनाविरुद्ध मुद्धा दायर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले जलेश्वर-१ को बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रमा पिपिसी ढलान गर्ने काममा बढी कार्य गरेको देखाएर ५ लाख ८४ हजार ६३७ रुपियाँ भुक्तानी लिएको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

अख्तियारले जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सब इन्जिनियर दिपेश कुमार शाह, कार्यपालिका सद्स्त सोगार खातुन, जलेश्वर-१ का वडा अध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार झा, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी चौधरीलाई आरोपी बनाउदै मुद्धा दायर गरेको जनाएको छ ।