सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं : अशोक राई

दैनिक नेपाल २०८१ वैशाख २७ गते १५:२६

काठमाडौं, २७ बैशाख । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुँदैन भन्दै नयाँ दल बनाएको बताउनुभएको छ ।

आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाउनुभएको हो । उहाँले आफुहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको स्पष्ट पार्नुभयो ।

राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउदै पारदर्शिता समेत नहुने गरेको बताउनुभयो । उहाँले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफूहरुले यस्तो कदम चालेको बताउनुभयो । अमेरिका जानु अघि उपेन्द्र यादवले पार्टीको विधान विपरित निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उहाँको भनाइ छ ।

जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउदै अदालत जाने बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित