सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

एमाले कमजोर भयो भने देश पनि कमजोर हुन्छ : विष्णु पौडेल

दैनिक नेपाल २०८१ वैशाख २६ गते २१:५६

रामेछाप, २६ बैशाख । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले एकल बहुमत सहित सरकार बनाउने स्थानमा पुगे मात्रै संविधानको रक्षा र संविधानले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताउनुभएको छ ।

नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज मन्थलीमा सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताउनुभएको हो ।

दुनियाँका संविधानसँग नेपालको संविधान तुलना गर्दा उत्कृष्ट भएको र संविधान उत्कृष्ट बनाएर मात्र नपुग्ने संविधानको रक्षा र उचित कार्यान्वयन पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।

संविधानले निर्देशन गरेको दिशा तर्फ समाजलाई लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । एमालेलाई भित्तोमा पु¥याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भए पनि एमालेले त्यसलाई पराजित गर्न सफल भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित