सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन : केपी ओली

दैनिक नेपाल २०८१ वैशाख २६ गते २१:५२

रूपन्देही, २६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताउनु भएको छ ।

आज एमाले कपिलवस्तुको १० औं अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा विगतमा धेरै क्षति पुगेको बताउनु भएको हो ।

हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित रहेका र अहिले उनीहरूको के हालत भएको छ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाएको भन्दै एमाले छोडेर अर्को दल बनाउनेविरुद्ध कटाक्ष गर्नुभयो । कपिलवस्तु त्यो सबै षडयन्त्रविरुद्ध एकजुट भएको बताउनुहुँदै उहाँले पार्टी केन्द्रले कपिलवस्तुलाई उच्च सम्मान गरेको स्पष्ट पार्नुभयो ।

अहिले धेरै ठाउँमा आकांक्षी धेरै भएको विषय उल्लेख गर्दै सकेसम्म निर्वाचनभन्दा सहमतिमै नेतृत्व छान्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित