सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

सन्दीपको मुद्दामा जोडेर ममाथि षड्यन्त्र भयो : पारस खड्का

दैनिक नेपाल २०८१ वैशाख २६ गते २१:४८

काठमाडौं, २६ बैशाख । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा जोडेर आफूमाथि षड्यन्त्र भइरहेको बताउनु भएको छ ।

आज सामाजिक सञ्जालमार्फत सचिव खड्काले आफूविरुद्ध भइरहेको ‘नियोजित षडयन्त्र’ भएको बताउनुभएको हो । विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँको भनाइ छ ।

नेपालको कानुनले कसैलाई पनि बिनाप्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित