सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

मातातीर्थ औंसीको अवसरमा नबिल बैंकको सन्देशमूलक भिडिओ सार्वजनिक

दैनिक नेपाल २०८१ वैशाख २६ गते २०:२१

काठमाडौं, २६ वैशाख । मातातीर्थ औंसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडिओ बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशसहित भिडिओ निर्माण गरी नबिल बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक गरेको हो ।

विशेष गरी सहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई यो भिडिओले औंल्याएको छ । आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उहाँको व्यस्तता, बच्चाबच्ची र परिवारप्रतिको उहाँको दायित्व यो भिडिओमा देखाइएको छ ।

यस्तै,आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिका पनि यो भिडिओमा देखाइएको छ । दुई मिनेट ४५ सेकेन्डको छोटो भिडिओले सहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । भिडिओमा देखाइएको आमाको दैनिकी अधिकांश नेपालीहरुको घरको कथासँग मेल खाने बैंकले जनाएको छ ।

नेपालको अग्रणी बैंक नबिलले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडिओ बनाउँदै आएको छ ।

मातातीर्थ औँसीका अवसरमा बनाइएको भिडिओमा धेरै जनाले आफ्नो आमाप्रति कृतज्ञता व्यक्त गर्दै भिडिओको प्रशंसा गरिरहेको बैंकले जनाएको छ ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित