२१ जेष्ठ २०८३, बिहिबार

कोशीमा नयाँ सरकार गठनको माग गर्दै एमाले र माओवादीले बुझाए निवेदन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २६ बैशाख । कोशी प्रदेशमा नयाँ सरकार गठनको माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुखलाई निवेदन बुझाएका छन् ।

एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न प्रदेश प्रमुख परशुराम खापुङ्गलाई साँझ ५ बजेसम्मको अल्टिमेटम दिँदै निवेदन पेश गरेका हुन् ।

‘समर्थन फिर्ता गरेको ३० दिन भइसकेको र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएकाले सरकार विहीनताको अवस्था सृजना भयो,’ बुधबार एमाले र माओवादीका नेताहरूले संयुक्त रूपमा बुझाएको पत्रमा उल्लेख छ,‘त्यसैले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस्।’