सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

कोशीमा नयाँ सरकार गठनको माग गर्दै एमाले र माओवादीले बुझाए निवेदन

दैनिक नेपाल २०८१ वैशाख २६ गते १६:२३

विराटनगर, २६ बैशाख । कोशी प्रदेशमा नयाँ सरकार गठनको माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुखलाई निवेदन बुझाएका छन् ।

एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न प्रदेश प्रमुख परशुराम खापुङ्गलाई साँझ ५ बजेसम्मको अल्टिमेटम दिँदै निवेदन पेश गरेका हुन् ।

‘समर्थन फिर्ता गरेको ३० दिन भइसकेको र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएकाले सरकार विहीनताको अवस्था सृजना भयो,’ बुधबार एमाले र माओवादीका नेताहरूले संयुक्त रूपमा बुझाएको पत्रमा उल्लेख छ,‘त्यसैले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस्।’

प्रतिक्रिया
सम्बन्धित