सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

रमेश लेखकको स्वीकारोक्ति : कांग्रेस सत्तामै हुदाँ विधेयकमा कमजोरी भयो

दैनिक नेपाल २०८१ वैशाख २६ गते १४:४९

काठमाडौं, २६ बैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सरकारमा भएको बेला पनि विधेयकको काममा कमजोरी भएको स्विकार गर्नुभएको छ ।

बुधबार सिंहदरबारमा संसदीय मामिला पत्रकारहरुसँगको छलफलमा उहाँले आफूहरु सरकारदेखि प्रतिपक्षमा पुग्दा समेत विधेयक निर्माणका सन्दर्भमा कमजोरी यथावत रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘मैले सार्वजनिक रुपमा यो कुरा स्वीकार गर्न कुनै कठिनाइ छैन । भएको कुरालाई त स्वीकार नगरी भयो त । हामी सरकारमा हुँदा पनि विधेयकको काममा कमजोरी भएकै हो । हामी अहिले प्रतिपक्षमा छौं । त्यो कमजोरी यथावत छ । कुनै न कुनै रुपले विधेयकको काम कमजोर भएको छ भन्ने कुरामा हामीले अनुभुति गर्नुपर्छ ।’

उहाँले नेपाली कांग्रेस सरकारमा हुँदा समेत अगाडि बढाउनुपर्ने केही विधेयक अगाडि बढाउन नसकेको भन्दै दुःख पनि व्यक्त गर्नुभयो । संसद प्रभावकारी रुपमा संचालन हुन नसके व्यवस्थामाथि नै खतरा हुने लेखकको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘संसद प्रभावकारी रुपमा संचालन भएन भने यो व्यवस्थामा पनि जटिलताहरु थपिन सक्छन् । संसदको उपस्थितिमै समस्या रहेको छ । गणपुरक संख्या नपुगेको कारण संसदको बैठक अन्त्यवा स्थगन भयो भने त्यसले के सन्देश जान्छ ?’।

प्रतिक्रिया
सम्बन्धित