आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सुहाङले लिए शपथ

दैनिक नेपाल २०८१ वैशाख २६ गते ११:३३

काठमाडौं, २६ बैशाख । इलाम-२ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आज बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिनुभएको हो । गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेका उम्मेदवार नेम्वाङ विजयी हुनुभएको थियो ।

नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी हुनुभयो । सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित