९ असार २०८३, मंगलबार

सुहाङले लिए शपथ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ बैशाख । इलाम-२ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आज बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिनुभएको हो । गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेका उम्मेदवार नेम्वाङ विजयी हुनुभएको थियो ।

नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी हुनुभयो । सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको थियो ।