५ श्रावण २०८३, मंगलबार

नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेललाई ९ वर्ष कैद फैसला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ बैशाख । नेशनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ ।

विशेष अदालतले उहाँलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको तोकेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई वैशाख ७ गते नै भ्रष्टाचारी ठहर गरेको थियो।

सोही इजलासले मंगलबार सजाय निर्धारण गरेको हो। पौडेलमाथि वैशाख ९ गते दायर अर्को मुद्दा पनि विचाराधीन छ ।