आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन : गृहमन्त्री लामिछाने

दैनिक नेपाल २०८१ वैशाख २५ गते १५:४६

काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताउनुभएको छ ।

सभामुखले बोलाएको सर्बदलीय बैठकमा लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै आफूविरूद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताउनुभएको हो । उहाँले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘रूपन्देहीमा मुद्दा चल्ने, नचल्ने आधार हेरियो होला । आधार हेर्दा मुद्दा नचल्ने देखियो । नाम सहभागी हुँदैमा दोषी हुने होइन । प्रतिपक्षले सदन चल्न दिन जिम्मेवार हुनुपर्छ । संसदीय अभ्यास अगाडि बढाउन दिनुपर्छ ।’

उहाँले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील छ, नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेको बताउदै बचतकर्ताको पैसा फिर्ता प्राथमिकतामा रहेको र यसलाई प्रतिपक्षीले साथ दिनुपर्ने बताउनुभयो ।

उहाँले जीवी राईका सम्बन्धमा मलेसियामा गृहमन्त्रीसँग सकारात्मक छलफल भएको बताउदै उनलाई नेपाल ल्याउन निरन्तर प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित