२६ असार २०८३, शुक्रबार

सभामुखले राखेको सर्वदलीय बैठकमा सहमति जुटेन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । सभामुख देवराज घिमिरेले राख्नुभएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सभामुखले सिंहदरबारमा राख्नुभएको शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष सकिएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेको छ ।

‘सहकारीमा लाखौं बचतकर्ताको रकम अपचलन भएको छ। यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा देखिएको छ,’ काँग्रेस प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, ‘हामीले गृहमन्त्रीको राजीनामा मागेको छैन। मुद्दा अहिले नै चलाउनुपर्छ भनेको छैन। तर उहाँबारे कुरा उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भनेका छौं।’

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाको विषयमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताउनुभएको थियो ।