३ असार २०८३, बुधबार

सिन्धुली पुगेका बागमतीका मुख्यमन्त्री एक्कासी बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै 

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । कार्यक्रमको लागि सिन्धुली पुग्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल एक्कासी बिरामी हुनुभएको छ ।

उहाँको श्वासप्रश्वासमा समस्या भएको बताइएको छ । मुख्यमन्त्रीलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । उहाँलाई लिन काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर सिन्धुली गएको छ ।

मुख्यमन्त्रीको रक्तचाप पनि कम पाइएको छ । उहाँलाई नर्भिक अस्पताल ल्याइने छ ।