आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सिन्धुली पुगेका बागमतीका मुख्यमन्त्री एक्कासी बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै 

दैनिक नेपाल २०८१ वैशाख २५ गते १३:१५

काठमाडौं, २५ बैशाख । कार्यक्रमको लागि सिन्धुली पुग्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल एक्कासी बिरामी हुनुभएको छ ।

उहाँको श्वासप्रश्वासमा समस्या भएको बताइएको छ । मुख्यमन्त्रीलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । उहाँलाई लिन काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर सिन्धुली गएको छ ।

मुख्यमन्त्रीको रक्तचाप पनि कम पाइएको छ । उहाँलाई नर्भिक अस्पताल ल्याइने छ ।

प्रतिक्रिया
सम्बन्धित