६ असार २०८३, शनिबार

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । इङ्लिस प्रिमियर लिगअन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जीन फिलिप माटेटा र ट्रीक मिचेलले एकएक गोल गरेका थिए ।

यो जितपछि क्रिस्टल प्यालेस ३६ खेलमा ४३ अंकसहित १४ स्थानमा रहेको छ ।

त्यस्तै, म्यानचेस्टर युनाइटेडलाई भने यस हारले धक्का लागेको छ । अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुन नसकेपनि युरोपा लिगमासमेत अब छनौट हुन मुश्किल देखिएको छ ।

म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ५४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।