१८ असार २०८३, बिहिबार

पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र)  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंह विरूद्व मुद्वा नचल्ने भएको छ ।

सरकारी वकिलको कार्यालयले सिंहविरूद्व मुद्वा नचलाउने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि मुद्दा नचलाउने निर्णय भएको जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सिंहसँगै कालिकोटका गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अली अशोक भन्ने अली कार्कीविरुद्ध पनि मुद्दा नचलाउने निर्णय भएको हो।

२०६५ सालमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जननमुना माध्यमिक विद्यालयमा अध्ययनरत कालीकोटको साविक पाखा गाविसका १७ बर्षीय रजबहादुर मल्लको विवादका क्रममा मृत्यु भएको थियो। पञ्चाको समूहले उहाँको हत्या गरेको भन्दै मल्लको परिवारले किटानी जाहेरी दिएको थियो । टाइगर भन्ने पदमबहादुर र नरेश भन्ने मेहरमानविरुद्ध भने मुद्दा अघि बढ्ने भएको छ ।

पदमबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने नरेश भन्ने मेहरमानलाई भने धरौटीमा छोडिएको छ। उनमा भएको जटिल प्रकृतिको अपांगताका कारण धरौटीमा छोडिएको हो।