६ असार २०८३, शनिबार

वामदेव एमालेमा फर्कन तयार, भने- अब म खुट्टा तान्न होइन, सहयोग गर्न आउने हो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ बैशाख । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेका फर्कन तयार रहेको स्पष्ट पार्नुभएको छ । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले आफू अब आफू एमाले अध्यक्ष केपी ओलीको खुट्टा तान्न नभई सहयोग गर्न आउने बताउनुभएको हो ।

यस्तै उहाँले आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिन पनि उहाँले आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘पार्टी फुटेपछि एक पटक मलाई उहाँले (ओली) बोलाउनुभएको थियो, त्यस बेला म आइन, पछिल्लो पटक म आएँ, हामी फेरि फर्किन्छौँ मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ रु भनेको उहाँले भन्नुभयो। हामी लेबल कमिटीले निर्णय गर्छ तपाईँको बारेमा भन्नुभयो। त्यसो कमिटीले के निर्णय गर्‍यो आनसम्म पर्खिरहेको छु ७८ महिना भइसक्यो। मैले अहिले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्छु, मेरो गल्ती कमजोर भएका होलान् आत्मालोचना गरेर पार्टीमा आएको छु, मान्छेबाट गल्ती रियलाजेसन गर्नु सबैभन्दा ठूलो हो। मैले महसुस गरे पछिल्लो पटक दुईटा अध्यक्ष दुईतिर भएको बेलामा मलाई चित्त दुख्यो। म कतैतिर लागिनँ। तर, दुवैतिरका नेताहरूले अहिले पनि भन्छन् फुटाउने वामदेव हो भनेर । मैले मिलाउन प्रयास गरेको हो कसैले साथ दिनुभएन। अब एक्लै के गर्नु र ? अलग बसे। त्यही बेलामा उहाँले बोलाउनुभएको थियो, आइन बोलाएको बेलामा जानुपर्थ्यो। आज घाटा लागेको छ। तर, मलाई केपीतिर बस्दा प्रचण्डको आलोचना गर्नुपर्ने, प्रचण्डतिर लाग्दा ओलीको गाली गर्नुपर्ने अवस्था थियो। मैले त्यसो गर्न नसकेर दुवैतिर गइनँ। त्यस बेला मैले पार्टी फुटाएको होइन। ०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन निष्कासन गरेपछि कुनै उपाय नभएर अलग पार्टी बनाइयो। रियलाइजेसन भएपछि फर्केर आइयो। अहिले पनि उहाँले बोलाएको बेलामा जानपर्थ्यो। अब पनि म तपाईँको खुट्टा तान्न आउने होइन, सहयोग गर्न आउने हो। तपाईँले हासिल गरेको उपलब्धि भन्दा बढी हासिल हुने गरी आउँछु। मैले उहाँले भनेर ०८४ को निर्वाचनमा ६० लाख मत पाउने गरी योजना बनाऔँ। मैले त्यस बेलै भनेको हो,’।