आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

जनकपुरमा दिउँसै सहकारीको ८० लाख लुटियो

दैनिक नेपाल २०८१ वैशाख २४ गते १४:०६

जनकपुधाम, २४ बैशाख । धनुषा जिल्लाको जनकपुरमा सहकारीको ८० लाख रकम लुटपाट भएको छ ।

शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ बैंकबाट निकालेर ल्याउने क्रममा बाटोमै लुटिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–१९ मा आज दिउँसै दुईजना हतियारधारीले रकम लुटपाट गरेका हुन् । उनीहरू रकम लुटेर फरार भएका र खोजी थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित