आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

लिभरपुलले टोटनह्यामलाई हरायो

दैनिक नेपाल २०८१ वैशाख २४ गते ८:१५

काठमाडौं, २४ वैशाख । इङ्लिश प्रिमियर लिगअन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह, आड्रेउ रोबेर्टसन, कोडी गाक्पो र हार्भी एल्लीओटले एकएक गोल गरेका थिए ।

त्यसैगरी, टोटनह्यामका लागि रिचार्लिसन र सन हेंग मिनले एकएक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको ३६ खेलमा ७८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी, टोटनह्यामको भने ३५ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित