१ असार २०८३, सोमबार

लिभरपुलले टोटनह्यामलाई हरायो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । इङ्लिश प्रिमियर लिगअन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह, आड्रेउ रोबेर्टसन, कोडी गाक्पो र हार्भी एल्लीओटले एकएक गोल गरेका थिए ।

त्यसैगरी, टोटनह्यामका लागि रिचार्लिसन र सन हेंग मिनले एकएक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको ३६ खेलमा ७८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी, टोटनह्यामको भने ३५ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।