१६ असार २०८३, मंगलबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार शनिबारदेखि नै अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, आज युरो एकको खरिददर १४३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा तोकिएको छ । आइतबार खरिददर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसाले कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा तोकिएको छ । आइतबार खरिददर १६७ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९७ पैसा रहेको थियो ।

आज कतारी रियालको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।