आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

दैनिक नेपाल २०८१ वैशाख २३ गते १९:५५

काठमाडौं, २३ वैशाख । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

क्याफ्टिङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईंले अभिकर्ताहरुको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गर्नु भएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरुलाई आफ्नो पेशामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधै सहजीकरण गर्ने बताउनुभयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोनबहादुर मगरले स्वागत मन्तव्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि हो, त्यसैले आफ्नो पेशामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखि कार्य गर्न प्रोत्साहन गर्नु भयो ।

कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्ताहरुलाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा बिक्रीकला सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलको सहभागीहरुमा रोचक ढंगले उत्प्रेरणात्मक प्रस्तुती रहेको थियो । उहाँले जीवन बीमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्नेमा विश्वस्तता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित