शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

जापानी विदेशमन्त्री योकोले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई

दैनिक नेपाल २०८१ वैशाख २३ गते १७:१९

काठमाडौं, २३ बैशाख । एकदिने नेपाल भ्रमणमा आउनुभएकी जापानकी विदेशमन्त्री कामीकावा योकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘सँग भेटवार्ता गर्नुभएको छ ।

उहाँहरूबीच सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । विदेशमन्त्री योको आइतबार मध्यान्ह उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा औपचारिक भ्रमणमा आइपुग्नुभएको हो ।

उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि उहाँले परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटवार्ता गर्नुभएको थियो । उहाँ आजै राति स्वदेश फर्कने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित