शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दक्षिणपन्थी अवसरवादको अवशेषको अन्त्य अहिलेको मुख्य कार्यभार : प्रदीप ज्ञवाली

दैनिक नेपाल २०८१ वैशाख २३ गते १४:५४

पोखरा, २३ बैशाख । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादका अवशेषको अन्त्य अहिलेको मुख्य कार्यभार भएको बताउनुभएको छ ।

अवसरवादको अवशेषको अन्त्य नभएसम्म समाजवादको आधार निर्माण असम्भव भएको भन्दै वर्तमान हर तहको पार्टीको नेतृत्व त्यसतर्फ केन्द्रीत हुन आग्रह गर्नुभयो ।

एमाले स्कूल बिभाग प्रमुख समेत रहनुभएका उप महासचिव ज्ञवालीले पोखरामा जारी स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने गण्डकी प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको दोश्रो दिन प्रशिक्षण प्रदान गर्ने क्रममा उहाँले समाजवादको आधार निर्माणका लागि बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्न आवश्यक मार्गनिर्देश गर्दै समाजवादी समाज निर्माणका जगहरूको निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

सामाजिक न्याय सहितको आर्थिक विकासको अवधारणा अनुसार स्थानीय तहहरूले आफ्नो नीति तथा कार्यक्रम तय गर्नुपर्नेमा उहाँको जोड छ । देश विकास को लागि पुँजी निर्माण स्थानीय तहको अर्को कार्यभार भएको र आय निर्माणका कार्यक्रममा केन्द्रीत हुन आग्रह गर्दै पूर्वाधार सहितको मानव पुँजी निर्माणमा उहाँले जोडदिनुभयो।

प्रशिक्षणमा उप –महासचिव ज्ञवाली सहित एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहाल, विभागका सचिव हर्कराज राइ, केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल सहितका नेताहरूले सहजिकरण गरिरहनुभएको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीले जानकारी दिनुभयो ।

प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख ,उपप्रमुख , जिल्ला समन्वय समितिका प्रमुख ,उपप्रमुख र प्रत्येक जिल्लाबाट एकजना वडा अध्यक्ष सहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको एमाले गण्डकी प्रदेशका उपसचिव तथा प्रचार एवम् प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित