शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

दैनिक नेपाल २०८१ वैशाख २३ गते १४:११

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षाकार्यक्रमलाई उच्चप्राथमिकतामा राखेको छ । निकै ठूलो मेहनेत र संघर्षबाटप्राप्तभएको नागरिकको मौलिकहककार्यान्वयन गर्नु राज्यको दायित्वहो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ ।’

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवाप्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठसय शैया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तनक्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ । यस्ता कामहरूले स्वास्थ्य क्षेत्रका अधिकार ब्यवहारमा कार्यान्वयन गर्नका लागि आधारभूत अर्थ राख्दछन् ।’

संविधानको व्यवस्था अनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथ विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नो तर्फबाट निरन्तर सहयोग रहने स्पष्ट पार्नुभयो ।

आफूले सरकारको नेतृत्व लिए लगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने लगायतका कार्यलाई प्राथमिकता दिएको बतउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित