शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

दैनिक नेपाल २०८१ वैशाख २३ गते १२:३४

काठमाडौं, २३ बैशाख । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ ।

जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौं आइपुग्नुभएको हो । विदेशमन्त्री खामिखावाले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ ।

उहाँले आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावा आजै भ्रमण पूरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउनुभएको सन् २०१९ पछि पहिलो पटक हो ।

प्रतिक्रिया
सम्बन्धित