शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

एमाले भोजपुरको अध्यक्षमा खड्का विजयी

दैनिक नेपाल २०८१ वैशाख २३ गते ११:५१

भोजपुर, २३ बैशाख । नेकपा एमालेको जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित हुनुभएका छ ।

हिजो सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का विजयी हुनुभएको हो । खड्काले ३१७ मत प्राप्त गर्दै विजयी हुनुभयो भने राईले २२३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, उपसचिव महिलातर्फ रमादेवी राई विजयी हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि ६०८ प्रतिनिधिमध्ये ५७३ जनाले मतदान गर्नुभएको थियो ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो । खुला सदस्यमा इन्द्र थापा, रेवतीरमन थापा, बद्रीनाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्यतर्फ आशादेवी राई, सुस्मिता राई र सङ्गीता कँडेल निर्वाचित भएका छन् ।

अधिवेशनले पदाधिकारीसहित ९० सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित