
रुपन्देही, २१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणका लागि हस्तक्षेपमुक्त राष्ट्रिय निर्णायक शक्ति आवश्यक रहेको बताउनु भएको छ।
नेकपा एमाले पश्चिम नवलपरासीको ९औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई निर्णायक तहबाट विकास गर्नुपर्ने उल्लेख गर्नुहुँदै बाह्य शक्तिबाट सहयोग लिए पनि हस्तक्षेप हुन दिन नहुने बताउनुभएको हो ।
अध्यक्ष ओलीले विदेशी हस्तक्षेप हुन नदिने कुरामा सबै एकजुट हुनुपर्ने बताउनुभयो।
अध्यक्ष ओलीले आज बिहान सुस्ता क्षेत्रको समेत निरीक्षण गरेको बताउँदै सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेल परेको समेत स्मरण गराउनुभयो।








प्रतिक्रिया