
सुर्खेत, २१ बैशाख । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले एमाले नेतृत्व, नीति र सिद्वा्न्तमा कुनै विवाद नभएको नेपालको एकमात्र पार्टी भएको बताउनुभएको छ ।
पार्टीको पंचपुरी नगर अधिवेशको आज उदघाटन गर्नुहुँदै मुख्यमन्त्री कंडेलले एमाले विवादरहीत पार्टी रहेकाले मुलुकको सम्वृद्विको नेतृत्व एमाले गर्ने बताउनु भएको हो।
मुलुकले सम्वृद्विको रूपान्तरण खोजिरहेकोले एमालेको त्यसको नेतृत्व गरिरहेको उहाँको भनाइ छ । मुख्यमन्त्री कँडेलले अहिले प्रमुख अभिभारा भनेको जनताको अवस्था बदलेर मुलुकलाई समृद्वि तर्फ लैजाने भएकोले पार्टीका नेता तथा कार्यकर्तालाई त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।
समाज बनाउने अभियानमा एमालेका नेता कार्यकर्ता अग्र भागमा देखिनु पर्ने मुख्यमन्त्री कँडेलले बताउनुभयो । मुख्यमन्त्री कंडेलले पार्टीमा अनुहार हेरेर विचार र दृष्टिकोण बनाउने परिपाटीको अन्त्य हुनु पर्ने भन्दै अर्काको अयोग्यताको कारण देखाएर अब नेता बन्न नसकिने र नेता बन्न जनताको विश्वास जित्नै पर्ने स्पष्ट पार्नुभयो ।









प्रतिक्रिया