२९ जेष्ठ २०८३, शुक्रबार

भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ बैशाख । भारतका प्रधानन्यायाधीस डा. धनञ्जय यशवन्त (डी वाई) चन्द्रचुड नेपाल आउनुभएको छ । उहाँ आज दिउँसो नेपाल आइपुग्नुभएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा उहाँ नेपाल आइपुग्नुभएको हो । उहाँ भोलि काठमाडौंमा हुने किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यक्रम छ।

उहाँलाई स्वागत गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत विमानस्थल पुग्नुभएको थियो ।